Posts

Showing posts from 2014

सहर

माया पनि पैसा मा किन्नी सहर कस्तो को धनि को गरिब चिन्नी सहर कस्तो      हिजो त्यो आज यो थाहा छैन भोलि को हो सम्पतिको पछि लागि हिड्नी सहर कस्तो      जस्ले खर्च गर्छ पैसा संसारनै उस्को हन्छ गरिबलै जतोमा राखी पिन्नी सहर कस्तो  माया पनि पैसा मा किन्नी सहर कस्तो  को धनि को गरिब चिन्नी सहर कस्तो 

shivu bhandari

तिमीमा सोजो पन पनि छ , सुन्दरता पनि छ  तिमिले सब पायेउ तर माया को नजर पाएनौ  जब देखे तिमीलाई संसारलाइ हेरेको छैन  जब चाहे तिमीलाई आफुलाई सम्झेको छैन  तिमीलाई पाउनु जिन्दिगी हो नपाउनु मृतु अनि यो बाहेक केहि पनि सोचेको छैन by shivu bhandari

समाल (shivu bhandari)

जुदिसके आखाहरू नानी समाल हैन भने चुलबुले ती बानी समाल दाग लागे पछि मेट्न गारो हुन्छ बरु ऐले देखि यो जवानी समाल                         by shivu bhandari

के हो खास

  यतिखेर एउटा जमातका रत्नाकरहरू वाल्मीकि बन्ने अभियानमा न्वारानदेखिको बल झिकेर लागेका छन्। सबैको आँखामा फुलो पारेर कुर्सी को लागी एउटा मन्त्रको पोगरी गुत्नलाइ  आफू र आफ्ना भरौटे , धुपौरे अरौटे , रखौटेहरुको स्वर ठुलो पार्दै विभिन्न आसनमा  कसरत गर्दै अगाडी जानेनै  उनीहरूको रणनीति छ । सानु छदा वाल्मीकिबारे एउटा कथा सुनेको थिए जो  यस प्रकारको थियो  ‘यिनी ब्राह्मणको कुलमा जन्मिएर पनि डाँकुहरूको सङ्गतमा लागेर यात्रुहरूलाई लुट्ने, कुट्ने र उस्तै पर्यो भने मार्ने समेत गर्दथे । हिंसा नै उनको स्वभाव भइसकेको थियो । एकदिनको कुरा हो– सप्तर्षिहरू त्यही बाटो हुँदै गइरहेका थिए, अनि वाल्मीकिले आफ्नु स्वभाव अनुसार आफ्नो काम गर्न आँटेपछि सबै ऋषिहरू मिलेर उनलाई समाते । दयामय ऋषिहरूले आफूले गरेका दुष्कर्मको फल आँफैलाई आइलाग्छ भनेर रत्नाकरलाई सम्झाए ।  तिनै ऋषिहरूको उपदेश र दयाबाट रत्नाकरमा आसुरी भाव समाप्त भएर सात्विक भाव पैदा हुन थाल्यो । आफूले गरेको दुष्कर्म परिवारका अन्य सदस्यको भागमा नजाने ज्ञात भयो रत्नाकारलाई। अनि ऋषिहरूले दिएको “मरा”  भन्ने मन्त्र अविरल जप्न थाले । यो मन्त्र जप्दाजप्दै उनको शरीरमा ध

shivu bhandari

 आफ्नो हातले आफ्नो भाग्य लेख्न पाको भए भोलि मेरो के के हुनी हो देख्न पाको भए अनि पो हुन्थ्यो जीन्दगी यो सोचेको जस्तो  यदि दु:ख भन्नी शब्द लाइ मेट्न पाको भए आफ्नो हातले आफ्नो भाग्य लेख्न पाको भए सुखी हुन्थ्यो जीवन र आनन्दमा वित्थ्यो जितलाइ बोकी हारलाई छेक्न पाको भए आफ्नो हातले आफ्नो भाग्य लेख्न पाको भए भोलि मेरो के के हुनी हो देख्न पाको भए by shivu bhandari
Image
जिन्दिगी जियूनुको  मज्जा बेग्लै छ 

कता हराउदै छु म?

Image
पल पल खुसि अनि  पल पल  दुखि भइ हरेक क्षण आशु बगौन थाल्छु , सक्दिन डाको छोडेर रुन  . जाडो महिनाको सित सरि  झर्छन् आखाबाट थोपा थोपा आशुहरु |नितान्त एक्लो महसुस गर्छु | लाग्छ संसारको सबै भन्दा दुखि नै मै हु | बिपनामा कति खोज्दै हिड्छु यता उता पाउदिन कतै , र जब मन्द मन्द रात ढल्दै जान्छ , र तिम्रो यादले छटपटी रहन्छु , निदौन खोज्छु तर सक्दिन घरि एता घरि उता कोल्टे फेर्छु , र जब बिस्तार बिस्तार निदौछु सपनामा पनि तिम्लाई नै खोज्दै हिड्छु | बर्बरौछन् यी ओठ हरु तिम्रो रुपको बयान गर्न थाल्छन र सपनामै अर्को सपना बुन्न थाल्छु , तिमि संग भेटेका अनि बिताएका पलहरु याद गर्छु | र सोच्छु यो सपना कैले नसक्कोस | तर तेतिकैमा बिहानी भैदिन्छ र झल्यास्स बिउझन्छु र तिमीलाई एता उति खोज्छु मुटु भित्र भक्कानो फुटाई आखा बाट बलिन्द्र आशु झार्छु | खै किन किन ??                                                                                                                                  by: शिवु भण्डारी 

किन आज भोलि हराउदै छ मेरो देश

Image
जब लेख्न खोज्छु चल्दैनन् यी हातहरु, जबरजस्ती कलम समात्न खोज्छु र मिठो कल्पनामा डुबेर केहि लेख्न खोज्छु तर लेखिदैनन् मिठा मिठा सपनाहरु | मात्र कोरिन्छन् " खोइ कहाँ हराउदै छ तेरो देश ?" बुद्धको नाम कहाँ गयो , भिर्कुटि कता गइन आफ्नो नाम निशान केहि नछोडी , अनि सीता खै कता हराइन् , कता हराइन नेपाल आमा जसको शिरमा चन्द्रमा पनि बास बस्न जान्थ्यो र हिरा जसरि टल टल टलकौथ्यो मेरो सगरमाथालाइ ,फरक एती छ कि , हिजो संसारले नेपाललाई चिन्थ्यो तर आज चिन्न धौ धौ पर्न थालेको छ | संसारलाइ हल्लाउने भुत्ते खुकुरी खै कहाँ गयो, कता गए ती बिर नेपालीहरुहरु, जस्को आगमनमा नै संसार कम्पन हुन्थ्यो | किन हराउदै छन् युवाहरु , कता गए ती संसारले सलाम ठोक्ने ती नेपाली बघिनीका सन्तानहरु , हे नेपालआमा कता हराउदै छौ , फरकाइदेउ नेपालआमा ती बिर नेपालीहरुलाई, फर्काईदेउ आमा संसारलाई उज्जयालो छर्नि ती गौतम बुध्द , फर्काई देउ शान्ति तिमीलाई यो अबोद बालकको कस्सम , तिमीलाई तिम्रो सुहागको कस्सम ,हे नेपालआमा ! तिम्लाई ती टुहुरा बालकको कसम जस्को नत बाबुको पत्तो नत आमाको , फर्काईदेउ आमा ती अतितहरु ती पुराना यादह
Image
पाएं तिम्लाई दिनभर खोजें तर रातमा पाएं तिम्लाई जवानी केटाहर्को बातमा पाएं तिम्लाई तिम्रो यादमा हरेक पल टोलाएर बसेथें म आखीरीमा पैसाको खातमा पाएं तिम्लाई हेर्दा सोजो लाग्यो त्यसैले मनमा सजाई अन्तिम्मा रक्सीको मातमा पाएं तिम्लाई
Image
येसो हल्का। 
Image

बाटो पखाल्न २५ लाख, तर प्राकृतिक प्रकोपमा परेका लाई जम्मा ४० हजार

Image
  बाटो पखाल्न २५ लाख , तर प्राकृतिक                                       प्रकोपमा परेका लाई जम्मा ४० हजार         मोदी जी को आगमनमा करोडौ खर्चेर जनतालाइ ४० हजार मा चुप लगाउनु के उचित होला ? प्रस्न यो उठ्छ  ,  सरकारलाई जनतालाई राहत दिन पैसा हुदैन तर मोदी को लागि करोडौ किन ? सरकार किन मौन बस्दै छ ? फाइदा हेर्नी हो भने जनताको लागि खर्च गरियो भने सरकारलाई   फाइदा हुन्छ कि मोदीको लागि ? एदी जनता नै रहेनन् भने देश विकासको के अर्थ रह्यो र ? नेपालीको बिचमा प्राकृतिक बिपत्ति दशा बनेर छाइरहेको छ !नेपाली नेताहरुको बिचमा मोदी आउदा दशैँ नै पो छाउदै छ !मित्र राष्ट्रको प्रधानमन्त्री आउदा स्वर्ग बाट भगवान आए जस्तो गर्दै छन् !भगवान राक्षस नबनुन जे हुन्छ नेपाल र नेपालीको हितमै होला आशा गरौ , भारतलाई र   चिनलाई सहयोग गर्न भन्नु भन्दा नी बाटो पखाल्न खर्च गरिएको पैसा बाडी प्रभावित  छेत्रमा लागौनी हो भने छिमेकी राष्ट्रलाई दुख नपर्नि थियो की ? 

पाको भए

आफ्नो हातले आफ्नो भाग्य लेख्न पाको भए भोलि मेरो के के हुनी हो देख्न पाको भए अनि पो हुन्थ्यो जीन्दगी यो सोचेको जस्तो  यदि दु:ख भन्नी शब्द लाइ मेट्न पाको भए आफ्नो हातले आफ्नो भाग्य लेख्न पाको भए सुखी हुन्थ्यो जीवन र आनन्दमा वित्थ्यो जितलाइ बोकी हारलाई छेक्न पाको भए

"किन मौन छौ हामी"

Image
"किन मौन छौ हामी" कसैको जमिन ठुलो देख्दैमा, बारीको पाटा ठुलो देख्दैमा मेरो भन्न खोज्नु, कसैको राम्री श्रीमती देख्दैमा आखा गाडी आफ्नो भन्न खोज्नु कतिको व्यचित होला ? आज यस्तै भएको हाम्रो  सम्पदा, सम्पतिहरुको   हालत , जहाको वक्ति राज्यको उच्च ओहोदामा आशीन रहेर पनि हरेक कुरामा आर्काको हस्तछेप देखेर पनि नदेखे झैँ , सुनेर पनि नसुने झैँ गरेर आफ्नो अस्तित्वलाइ जोगौन नसक्नु , ध्रीतराष्टको सभामा द्रौपती रोए झैँ आज लुम्बिनी रोइ रहेछ , माया देवीको छोरा सिद्धार्थ गौतम खोसीदै छ,हराउदै छ र आफ्नो अस्तित्वको खोजि गर्दै छ , यसमा देशको हावापानी ,पहाड-पर्बत, चरा चुरुंगी , झरनाहरु कराउदै छन् , चिच्याउदै छन् , राज्यको उच्च स्थानमा रहेर पनि यस बिषयमा चासो नदिनु,र दिन पनि नखोज्नु यो राष्ट्रको कति ठुलो बेइजतको कुरा होला ?             लुम्बिनीनै गयेउ भने पनि आफ्नो देशको नामको साटो छिमेकी देशको नाम, आनी बयान सुन्छौ,एसको मुख्य कारण नेपालको नाम नहुनु हो, बुद्ध को जन्म भुमिमा समेत नेपालको हो भन्नि कुनै प्रमाड छैन मात्र लेखिएको छ की "birth place of loard gautam buddha , lumbini " यदी
आज भोली हरेक पलमा अभाबले सतायो देखावटी झुठो प्रेमको दवावले सतायो ।। कसैको भरमा परी केही आस गरेको थें  तर आसको सट्टा उस्को जवाफले सतायो ।। नभैदोस विहानी कैले कसैको झुठो आस्मा रातमा भन्दा विहानीको प्रभातले सतायो ।। आज भोली हरेक पलमा अभाबले सतायो देखावटी झुठो प्रेमको दवावले सतायो ।।,,                          by shava shankar bhandari(shivu)