Posts

Showing posts from September, 2014

के हो खास

  यतिखेर एउटा जमातका रत्नाकरहरू वाल्मीकि बन्ने अभियानमा न्वारानदेखिको बल झिकेर लागेका छन्। सबैको आँखामा फुलो पारेर कुर्सी को लागी एउटा मन्त्रको पोगरी गुत्नलाइ  आफू र आफ्ना भरौटे , धुपौरे अरौटे , रखौटेहरुको स्वर ठुलो पार्दै विभिन्न आसनमा  कसरत गर्दै अगाडी जानेनै  उनीहरूको रणनीति छ । सानु छदा वाल्मीकिबारे एउटा कथा सुनेको थिए जो  यस प्रकारको थियो  ‘यिनी ब्राह्मणको कुलमा जन्मिएर पनि डाँकुहरूको सङ्गतमा लागेर यात्रुहरूलाई लुट्ने, कुट्ने र उस्तै पर्यो भने मार्ने समेत गर्दथे । हिंसा नै उनको स्वभाव भइसकेको थियो । एकदिनको कुरा हो– सप्तर्षिहरू त्यही बाटो हुँदै गइरहेका थिए, अनि वाल्मीकिले आफ्नु स्वभाव अनुसार आफ्नो काम गर्न आँटेपछि सबै ऋषिहरू मिलेर उनलाई समाते । दयामय ऋषिहरूले आफूले गरेका दुष्कर्मको फल आँफैलाई आइलाग्छ भनेर रत्नाकरलाई सम्झाए ।  तिनै ऋषिहरूको उपदेश र दयाबाट रत्नाकरमा आसुरी भाव समाप्त भएर सात्विक भाव पैदा हुन थाल्यो । आफूले गरेको दुष्कर्म परिवारका अन्य सदस्यको भागमा नजाने ज्ञात भयो रत्नाकारलाई। अनि ऋषिहरूले दिएको “मरा”  भन्ने मन्त्र अविरल जप्न थाले । यो मन्त्र जप्दाजप्दै उनको शरीरमा ध